एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था

काठमाडौँ । नेपाल वायु सेवा निगमले एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरेको छ । निमगले बिहीबार एक सूचना जारी गरी एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरिएको जानकारी दिएको हो ।
निमगले यात्रुहरुको चेक्ड ब्यागेज फुटेको पाइएको भन्ने गुनासोलाई प्राथमिकतामा राखेर ब्यागेज ओसारपसार गर्ने ट्रलिहरुमा बार र चेन लगाइएको समेत जानकारी दिएको छ । जारी सूचनामा ब्यागेज सुरक्षाका लागि कर्मचारी खटाइएको उल्लेख छ ।
निगमले ब्यागेज ह्याण्ड्लिङ सेवा सुधारका लागि निम्नानुसार व्यवस्था गरेको छ :
१. ब्यागेज ओसारपसार गर्ने ट्रलिहरुमा बार तथा चेन लगाइएको,
२. वर्षाको पानीले ब्यागेज भिज्न बाट बचाउन ब्यागेज ट्रलिमा छाना लगाइएको,
३. एयरपोर्टमा कार्यरत कर्मचारीहरुको लागि गोजिरहित पोसाकको व्यवस्था गरिएको,
४. ब्यागेज सुरक्षा सम्बन्धी कर्मचारीहरु खटाइएको,
५. ब्यागेज सम्वन्धी गुनासो सूनूवाइको लागि एयरपोर्ट स्थित Baggage Handling Unit लाइ २४ घण्टा क्रियाशिल गराइएको,
६. यसका अतिरिक्त CCTV र सुरक्षा निकाय को निगरानी समेत रहेको ब्यहोरा अनुरोध गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?