उद्योग वाणिज्य महासङ्घ चुनाव
वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्णय, अन्जान श्रेष्ठ भावी अध्यक्ष
बिहीबार, ३० चैत २०७९, २३ : ००

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ व्याक भएका छन् । यससँगै अन्जान श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बनेका छन् ।
बिहीबारदेखि अध्यक्ष बनेका चन्द्र ढकालले सर्वसम्मतिका लागि पहल अघि बढाएपछि सहमति भएर उमेश ब्याक भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि प्यानलसहित ३ जना उम्मेदवार बनेका थिए। तर, हिजो साँझ सम्पन्न पहिलो चरणको चुनावी नतिजा निष्कर्षविहीन बनेको थियो ।
वरिष्ठ उपाध्यक्षका तीन उम्मेदवारमध्ये अन्जान श्रेष्ठले ३७.९९ प्रशिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।
तीन उम्मेदवारमध्ये कसैले पनि पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसक्दा नेउवा महासंघको विधान अनुसार दोस्रो चरणको निर्वाचन हुने भएको थियो । तर, सहमति बनेसँगै आज हुने भनिएको दोस्रो चरणको मतदान भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला अदालतहरूले उठाए १ अर्ब २३ करोड जरिवाना रकम, ३२ अर्ब बढी रकम असुल गर्न बाँकी
-
मन्त्री र मेयर गुटको लफडाले नीलकण्ठ क्याम्पसको स्ववियु निर्वाचन स्थगित
-
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
-
के चाहन्छन् पुटिन ? युद्धविराम कि अमेरिकालाई झुलाउन ?
-
आईपीएलमा कमिन्समात्र एक्लो विदेशी कप्तान
-
अस्ट्रेलियाका पूर्व स्पिनर कोकेन तस्करीको मुद्दामा दोषी ठहर