सरकार र मिटरब्याजी पीडितको वार्ता भंग, संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने

काठमाडौँ । सरकार र मिटरब्याजी पीडितबीचको वार्ता भंग भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको हो ।
सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए । उनका अनुसार समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
५ दिनसम्म भएको वार्तामा सरकारी पक्षले पुरानै कुराहरु दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिएको प्रवक्ता नविनले बताए ।
उनले भने, ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता बस्यौँ । उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौँ । उहाँहरुले हामी संवेदनशील भएका छौँ भन्नुभएको छ । हामीले संघर्ष समितिले राखेका ६ बुँदे मागमा छलफल गर्नु भनेका छौँ, उहाँहरुले त्यही कुरा राखिराख्नुभयो ।’
प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहामा नालामा डुबेर एक बालिकाको मृत्यु
-
आईपीएलका ‘कान्छा खेलाडी’ले पहिलो बलमै छक्का हाने
-
३–१ को अवस्था उल्ट्याउँदै घरेलु मैदानमा बार्सिलोनाको रोमाञ्चक जित
-
१० बजे १० समाचार : वर्षाले बगायो विश्वकपको सपना, राजासँग ‘लञ्च मिटिङ’पछि राप्रपालाई चेतावनी
-
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीमा अधिकारीको नेतृत्व
-
जसपा नेपाल काठमाडौँको अधिवेशन : अध्यक्षमा दाहाल, उपाध्यक्ष र सहसचिवमा तेस्रो लिङ्गी निर्वाचित