यस्ता छन् वर्ष २०७९ का हिट फिल्म
काठमाडौँ । वर्ष २०७९ मा करिब ४ दर्जन नेपाली फिल्म प्रदर्शनमा आए । तीमध्ये ९ वटा हिट भए भने बाँकी कुनै पनि लगानी सुरक्षित गर्न सकेनन् । यो वर्ष हिट भएका ९ वटा फिल्म जसको चर्चा गरिएको छ ।
कबड्डी ४
हिट फिल्म ‘कबड्डी’को चौथो शृङ्खलाका रूपमा निर्माण भएको ‘कबड्डी ४’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरेलगायतको अभिनय छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । फिल्म यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म हो ।
छक्कापञ्जा ४
हेमराज बीसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’ दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको हो । दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ । समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको फिल्मको कथा दीपकराज गिरी आफैँले तयार पारेका हुन् । आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुतिमा निर्माण भएको फिल्मले राजनीतिक विषय कथाका रूपमा उठाएको छ ।
दुई नम्बरी
‘दुई नम्बरी’ दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म हो । दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य भूमिका रहेको फिल्म रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा तयार भएको हो । दीपक मनाङे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी रहेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । भुटानकी चर्चित अभिनेत्री उगेन छोदेनको पनि फिल्ममा अभिनय रहेको थियो । फिल्मले जङ्गली जनावरको चोरी सिकारी विषयलाई कथा बनाइएको थियो ।
फूलबारी
रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ले बुढेसकालमा माता–पिताप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छ भनेर देखाउन खोजेको छ । विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियङ्का कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनीष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलगायतको अभिनय फिल्ममा छ । फिल्ममा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको सङ्गीत छ ।
ए मेरो हजुर ४
झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म हो । झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको फिल्ममा झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्म प्रेमकथामा बनेको हो ।
झिँगेदाउ
आमा र सन्तानबीचको भावनात्मक कथामा निर्माण भएको झिँगेदाउ ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । देउजाले ७ वर्षपछि यसै फिल्ममार्फत निर्देशनमा कमब्याक गरेका हुन् । केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम, सङ्गम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुसाल लगायतको अभिनय फिल्ममा छ । फिल्म निर्माण देउजाले नै गरेका हुन् ।
प्रेम गीत ३
बलिउड र नेपालमा एकसाथ रिलिज भएको ‘प्रेम गीत ३’ स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका हुन् । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, मनीष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारको अभिनय छ । फिल्मले २ वर्ष पुरानो मुस्ताङका राजाहरूको कथा विषयवस्तु बनाएको छ ।
महापुरुष
‘महापुरुष’ हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतको अभिनय रहेको फिल्म हो । सामाजिक विषयवस्तुमा फ्यामिली ड्रामामा बनेको फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपेश खत्री र कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् ।
के घर के डेरा
दीपेन्द्र के खनालको निर्देशन रहेको ‘के घर के डेरा’ले पनि बक्स अफिसमा राम्रो व्यवसाय गरेको छ । काठमाडौँमा घर हुने र नहुनेहरूको समस्याको कथा विषय बनाएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा, लक्ष्मी गिरी, कोसिस क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म