नर्भिक अस्पतालले विशेष छुट दिने
काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालले विशेष छुट दिने भएको छ । आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा अस्पतालले विशेष छुट दिने लागेको हो ।
अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ देखि ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट दिने भएको हो ।
तर, अस्पतालले केही सेवामा एक महिनासम्म छुट दिने जनाएको छ । अस्पतालका अनुसार केही सेवामा एक महिनासम्म ३० प्रतिशत छुट दिने भएको हो ।
अस्पतालका अनुसार लेजर र हाइड्रा फेसियल, आइभिएफ (फर्टिलिटी प्याकेज) र म्यामोग्राफीमा एक महिनासम्म ३० प्रतिशत छुट दिने जनाएको छ ।
त्यस्तै अस्पतालले वैशाख महिनामा काठमाडौँ र काठमाडौँ बाहिर गरी चार वटा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
यस्तै अस्पतालले गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवा दिएको दाबी गरेको छ । अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवासहित मान्यता प्राप्त तथा मापदण्ड पूरा गर्ने नेपालको पहिलो अस्पताल भएको दाबी गरेका छन् ।
उनले भने, ‘यहाँ क्याथेटराइजेशन स्याब स्थापना गर्ने देशकै पहिलो निजी अस्पताल हो । यहाँ स्तरीय इन्भेसिभ र नन इन्भेसिभ कार्डियाक सुविधा छ ।’
यस्तै, उनले परीक्षण प्रयोगशाला र फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने पहिलो निजी अस्पताल नर्भिक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार