वर्ष २०७९ को अन्तिम दिन चीनबाट ओइरिए पर्यटक, स्वागत गर्न पुगे मन्त्री

काठमाडौँ । वर्ष २०७९ को अन्तिम दिन चीनबाट ठूलो संख्यमा पर्यटकहरु आएका छन् । हिमालय एयरलाइन्सको चार्टर विमानमार्फत १८१ जना चिनियाँ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरुको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती विमानस्थल पुगेका थिए । केही साताअघि मात्रै चीनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको थियो ।
मन्त्री किरातीले नयाँ वर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट स्वागत गर्न पाएको भन्दै खुसी व्यक्त गरे । ‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो । महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद’, किरातीले भने ।
किरातीले भोलिदेखि नयाँ वर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदै गएको उल्लेख गर्दै भने, ‘ मलाई विश्वास छ, यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक