वरिष्ठ उपाध्यक्षको मतगणना : जिल्लानगरमा अन्जानलाई धेरै मतभार
![वरिष्ठ उपाध्यक्षको मतगणना : जिल्लानगरमा अन्जानलाई धेरै मतभार](https://npcdn.ratopati.com/media/news/matganana-udhog-banijya-mahasangh_wDY0FjzAVH.jpg)
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको चुनावमा जिल्लानगरतर्फ अन्जान श्रेष्ठले धेरै मतभार प्राप्त भएको छ । जिल्लानगरको ११७ भोट गन्दा अन्जानले ४७ मत पाएका हुन् । उनलाई रामचन्द्र संघईले पछ्याएका छन् । संघइले ३९ मत ल्याएर अन्जानलाई पछ्याउँदा उमेशलाल श्रेष्ठले जम्मा २८ मत पाएका छन् । महासङ्घको चुनावमा जिल्लानगरको मतभार ५० प्रतिशत हुन्छ ।
एसोसिएटतर्फ रामचन्द्र धेरै मतभार
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मगणना सकिएको छ । हिँजो साझ ६ बजे सम्पन्न मतगणनाको एसोसिएटतर्फको नतिजा आएको हो । एसोसिएटतर्फको मतगणना सकिदा राम्चन्द्र संघईको धेरै मतभार आएको छ । कुल मतमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट संघईले ११.४ प्रतिशत मत ल्याएका छन् ।
यस्तै अन्जान श्रेष्ठले १०.७ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले ७.९ प्रतिशत मत ल्याएका छन् । अब वस्तुगत र जिल्लानगरतर्फको मगगणना हुन बाँकी छ । जिल्लानगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ । अहिले वस्तुगततर्फको मत गणना भैरहेको छ । वस्तुगततर्फको मतभार २० प्रतिशत हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म