नापोलीविरुद्ध मिलानको झिनो अग्रता
बिहीबार, ३० चैत २०७९, ०९ : १३

मिलान । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा एसी मिलानले १० खेलाडीमा सीमित नापोलीमाथि झिनो अग्रता बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा मिलान १–० गोलले विजयी भएको हो ।
खेलको पहिलो हाफमा अल्जेरियाका मिडफिल्डर इस्मायल बेनासेरले गरेको एकमात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा आन्द्रे फ्रांक जाम्बो एन्गुइसाले दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिनुपरेपछि नापोली खेलमा फर्कन सकेन ।
१० दिनअघि मात्र सिरिए ए मा मिलानले नापोलीलाई ४–० गोलले हराएको थियो । लिगको शीर्ष स्थानमा रहेको नापोली पहिलोपटक च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?