एलएलबी प्रथम वर्षको प्रवेश परीक्षाको आवेदन फाराम खुल्यो
बिहीबार, ३० चैत २०७९, ०८ : ४७
काठमाडौं । एलएलबी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम खुलेको छ । त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै परीक्षा फाराम भर्ने समय वैशाख १० गतेदेखि जेष्ठ ९ गतेसम्म तोकेको हो ।
प्रवेश परीक्षा फाराम तथा परीक्षा दस्तुर एक हजार दुई सय लाग्ने छ । न्यूनतम शैक्षिक योग्यता त्रि विबाट मान्यता प्राप्त शिक्षणसंस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रवेश परीक्षा जेठ २७ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने छ । परीक्षा सम्बन्धित कलेजहरूबाट तोके अनुसार हुने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा भोटेकोशीले रिसोर्ट बगायो, २ जनाको मृत्यु
-
देशका ७७ स्थानमा अत्यधिक वर्षा मापन, अधिकांश स्थानमा २ सय मिमिभन्दा बढी वर्षा
-
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत ५ जनाको अवस्था अज्ञात, उद्धारका लागि पत्र
-
कुकुरले टोकेमा के गर्ने ?
-
काठमाडौँमा मृत्यु भएका १० जनाको सनाखत
-
हात्तीवनमा सडक भासियो, खाल्टोमा आधा डुब्यो यात्रुवाहक बस