आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासङ्घ निर्वाचन

उपाध्यक्षमा संघई समूहको दबदबा, सदस्यमा उमेश र अन्जानको टिम विजयी

उपाध्यक्षमा ढकाल, वैद्य र श्रेष्ठ विजयी, संघई समूहका दुई उपाध्यक्ष
बिहीबार, ३० चैत २०७९, ०८ : १५
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएका छन् । हिजो बिहान १० बजेदेखि भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि सुरु भएको मतदानअनुसार ढकाल, वैद्य र  विजयी भएका हुन् । 

महासङ्घको यो चुनावमा उद्योगी व्यवसायी तीन समूहमा बाँडिएर चुनावमा होमिएका थिए । जसमा अन्जान श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले प्यानल नै बनाएका थिए । वरिष्ठ उपाध्यक्षको उम्मेदवार उनीहरूले उपाध्यक्षका उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएका थिए । 

जसमध्ये हालसम्मा केन्द्रीय सदस्य र उपाध्यक्षको मतगणना सकिएको छ । जिल्लानगर र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अन्जान श्रेष्ठ समूहको दबदबा देखिएको छ । तर उपाध्यक्षको चुनावमा भने रामचन्द्र संघई समूहको दबदबा देखिएको छ । 

संघई प्यानलबाट उपाध्यक्षमा उठेका दुई जना विजयी बनेका छन् । महासङ्घमा एक जना वरिष्ठ उपाध्यक्षसहित तीन जना उपाध्यक्ष चुनिने व्यवस्था छ । यसअनुसार, हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएका हुन । 

ढकाल उमेशलास श्रेष्ठ समूहबाट चुनावमा उठेका थिए । यस्तै, वैद्य र श्रेष्ठ संघई समूहबाट चुनाब लडेका थिए । उनीहरूसँग अरुण सुमार्गी, दिनेश श्रेष्ठ, सकुन्तला हिराचन, भरत आचार्य र मनिषलाल प्रधान पराजित भएका छन् । 

वस्तुगतमा ढकाल विजयी 

वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उमेशलाल समूहबाट चुनाव लडेका उनी ६१ मतसहित निर्वाचित बनेका हुन् । 

ढकाल पूर्व अध्यक्ष चण्डीराज ढकालका भाइ समेत हुन् । कुल खसेको १२३ मतमध्ये ढकालले ६१ मत पाए । 

यस्तै अञ्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाएका छन्। यस्तै रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मत पाएका छन् । 

जिल्लानगरमा वैद्य विजयी 

जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्यले जित हासिल गरेका छन् । रामचन्द्र संघाई समूहबाट चुनाव लडेका वैद्यले जित हासिल गरेका हुन् ।  

उनका निकटतम प्रतिस्पर्धी अरुण सुमार्गीले ३७ मत पाएका छन् । यस्तै जिल्ला नगरतर्फ सबैभन्दा बलिया भनिएका दिनेश श्रेष्ठले जम्मा ३४ मत पाए । उनी भने ४३ मतका साथ विजयी भएका हुन् ।  

कुल ११७ मत रहेको यो समूहमा ३ जनाको प्रतिस्पर्धा थियो । जसमध्ये वैद्यले बाजी मारे । वैद्य नेपाली कांग्रेस निकट व्यवसायी मानिन्छन् । उनी बागमती प्रदेशबाट समानुपातिक सूचीमा रहेका थिए । 

एसोसिएटमा श्रेष्ठ विजयी

एसोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएका छन । दुई जना बिच भएको यो भिडन्तमा ज्योतसानाले बाजी मारेकी हुन । उनी संघई समूहबाट चुनावी मैदानमा उठेकी थिइन । 

ज्योत्सनाले कुल कसेको १६४९ मतमा ८४६ मत ल्याएकी छिन् । यस्तै उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ । 

जिल्लानगर र वस्तुगतमा उमेश र अन्जानको टिम 

जिल्ला नगर र वस्तुगत कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ समूहले वर्चस्व जमाएको छ। कुल १८ जना सदस्य निर्वाचित हुने यो समूहमा उमेशलाल प्यानलको १० जनाले विजयी हासिल गरेका हुन् ।

जिल्ल नगरतर्फ अञ्जन श्रेष्ठ समूहबाट भने ७ जना व्यवसायी कार्यसमितिमा निर्वाचित भएका छन् । उमेशलालको टिमबाट जिल्ला नगरमा निरक केसी, प्रयास कार्की, अब्दुल वाहिद मन्सुरी, कल्पना गैरे, किशोरकुमार आचार्य, गोकुल श्रेष्ठ, मन्जुकुमार श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, ताराबहादुर कार्की, उमेश डालमिया र केशवप्रसाद भण्डारी निर्वाचित भएका छन् ।  

अञ्जनकुमार टिमबाट नवीन रिजाल, उज्वलप्रसाद कसजु, अमरेशचन्द्र बैदार, पुष्पराज कुँवर, अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटुवाल र बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।  

त्यस्तै  नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फको उमेशलालकै बढी छन् । जसमा ८ जना कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठको निर्वाचित भएका छन् भने अञ्जन श्रेष्ठको पनि ६ जना सदस्य नै निर्वाचित भएका छन् ।  

बस्तुगत सदस्यमा उमेशलाल प्यानलबाट कमला श्रेष्ठ, डा सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान र हरिबहादुर कार्की विजयी भएका छन् ।  

अञ्जनको टिमबाट भने अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली विजयी भएका छन् ।

एसोसिएटमा कसले कति मत ल्यायो ?

एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एसोसिएट सदस्यतर्फको नतिजा आएको हो ।  

हिजो बेलुका ८ बजेदेखि सुरु भएको मतगणनामा वस्तुगत र जिल्ला नगरतर्फको नतिजा राती नै आएको थियो । जसमा उमेशलाल र अन्जान समूहका सदस्यहरूले विजयी हासिल गरेका थिए । 

१, डा. राम शरण थपलिया-१४४०
२, मनोज पौडेल-१३७३
३, आनन्द कुमार बगेरिया-१३६४
४, अम्बिका प्रसाद पौडेल-१३६३
५, सुनिल नारायण श्रेष्ठ-१३४२
६, सुशील थापा-१३२९
७, शैलेन्द्र गुरागाइ -१३१५
८, राजेश कुमार अग्रवाल-१३१२
९, हेमन्त गोल्छा-१३०० 
१०, देश्बन्धु वस्नेत-१२८४
११, अविनाश बोहोरा-१२७५
१२, गोपाल खनाल-१२६५
१३, उज्वल कुमार श्रेष्ठ -११९१
१४, प्रवल जङ पाण्डे-११२८
१५, जुना माथेमा-९९१
१६, शक्ति कुमार बेगानी -९८८
१७, सन्दिप कुमार अग्रवाल-९२५
१८, हृषी अग्रवल-८८१
१९, मुकुन्द प्रसाद तिमल्सिना-८४२
२०, राम शरण भण्डारी -८४०
२१, बाबू काजी कार्की -८३८
२२, रतन लाल केडिया-८३७
२३, कृष्ण लाल महर्जन-७६०
२४, चिराग गोयल-७५५
२५, भरत रानाभाट-६०९
२६, चन्द्र प्रसाद ढकाल-५२८
२७, हरि प्रसाद पाठक-४७९
२८, राज्य लक्छ्मी महर्जन शाक्य-२७४
२९, निराजन बहादुर चलाउने-२१८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप