आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर बाँडफाँट

बुधबार, २९ चैत २०७९, २२ : ४६
बुधबार, २९ चैत २०७९

काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडकोे सर्वसाधारणमा निष्काशित प्राथमिक सेयर (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बुधबार उक्त सेयर बाँडफाँट भएको हो ।

गत चैत्र १९ देखि चैत्र २२ गते सम्म सार्वजनिक रुपमा निष्काशन खुला गरिएको १३,३७,३०२ कित्ता शेयरको लागि माग भन्दा अधिक आवेदन परेको थियो । जसका कारण  धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

उक्त बाँडफाँटमा रितपूर्वक प्राप्त भएका आवेदकहरुमध्ये जम्मा १२,८१,४०२ जना रितपूर्वक प्राप्त भएका आवेदकहरुमध्ये १,३३,७३० जनालाई १० कित्ताको दरले र २ जनालाई थप १ कित्ता गरी जम्मा १३,३७,३०२ कित्ता शेयर बाँडफाँट सम्पन्न भएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप