सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा : के–के भए निर्णय ?
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं बार्षिक सााधारणसभा सम्पन्न भएको छ । बुधबार राजधानीको याक एण्ड यती होटलमा साधारणसभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाबाट आ.व २०७७/०७८ र २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदनसहित आ.व. २०७७/०७८ र २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक साधारण सभाबाट आर्थिक बर्ष २०७९/८० को लागि लेखापरीक्षकमाके.पि.आर. एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यस्तै कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रवन्ध पत्र तथा नियमावली संसोधन प्रस्ताव पनि पारित भएको छ ।
साधारणसभामा सञ्चालक नीतु क्यालले स्वागत मन्तव्य तथा सञ्चालक नारायण रुगटाले शुभकामना मन्तब्य राख्दा सञ्चालक सदस्य किरण केसीले धन्यवाद ज्ञापन गरेका थिए । उक्त साधारणसभा कम्पनी सचिव विवेक खरेलले सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिक भइरहेछ अन्तर्राष्ट्रिय स्पेस स्टेसन, अब के होला ?
-
अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका