बङ्गलादेशको गरिबी दर १८.७ प्रतिशत

ढाका । कोभिड–१९ महामारी र भूराजनीतिक जोखिमका बाबजुद बङ्गलादेशको गरिबी दरसन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ ।
सन् २०१६ को २४.३ प्रतिशतबाट गत वर्ष १८.७ प्रतिशतमा झरेको बङ्गलादेश तथ्याङ्क ब्यूरो (बीबीएस) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क एजेन्सीले बुधबार आफ्नो पारिवारिक आय र व्यय सर्वेक्षण सार्वजनिक गर्दै बङ्गलादेशको चरम गरिबी दर घटेर ५.६ प्रतिशतमा झरेको उल्लेख गरेको छ ।
यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले गरिबीदर २४.३ प्रतिशत र चरम गरिबी दर १२.९ प्रतिशत रहेको देखाएको थियो ।
योजनामन्त्री एमए मन्नानले कोभिड–१९ महामारी र रुस–युक्रेन द्वन्द्वले बङ्गलादेशको उपलब्धिमा ठूलो धक्का लाग्ने चिन्ताका बाबजुद दक्षिण एशियाली मुलुकको गरिबी दरमा उल्लेखनीय गिरावट आएको बताए ।
यद्यपि, विज्ञहरूले यसअघि महामारीको समयमा कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेका गरिबी निवारणमा बङ्गलादेशको सफलताको ५० वर्षपछि पुगेको बताएका थिए ।
रुस–युक्रेन द्वन्द्वका बीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका थिए ।
कम्तीमा १६ करोड ५० लाख बङ्गलादेशी जनताको ठूलो हिस्साको आयमा कमी आएको र स्थानीय मुद्राको अवमूल्यन समेत भएको र यसले निम्न तथा मध्यम आय भएका धेरै मानिसलाई गरिबीको रेखामुनि धकेलेको उनीहरुको विश्वास छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक