पोखराका चार पत्रकार पुरस्कृत

कास्की । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले चार पत्रकारलाई पुरस्कृत गरेको छ । महासङ्घको ६८औँ स्थापना दिवसका अवसर आज पत्रकार नवीन सिग्देल, भुपाल गुरुङ, गौरव त्रिपाठी र दुर्गा रानामगरलाई पुरस्कृत गरिएको हो । यस्तै महासङ्घले लक्ष्मी हाउसलाई संस्थागत सम्मान पनि गरेको छ ।
पोखरा पत्रकारिता सम्मान २०७७ पत्रकार नवीन सिग्देललाई अर्पण गरिएका सचिव माधव बरालले जानकारी दिए । सोही विधाको संस्थागत सम्मान विसं २०७८ लक्ष्मी हाउसलाई दिइएको छ । सो सम्मानको राशि रु ३५ हजार र सम्मान पत्र रहेको छ ।
टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार पत्रकार भुपाल गुरुङलाई अर्पण गरिएको छ । यो पुरस्कारको राशी रु २० हजार एक सय ११ र सम्मानपत्र रहेको छ । पत्रकार गौरव त्रिपाठी र दुर्गा रानामगरलाई जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु ११ हजार एक सय ११ र सम्मानपत्र छ । पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चारै पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरे ।
प्रदेश प्रमुख गुरुङले स्वतन्त्र पत्रकारिता नहुने ठाउँमा निरंकुशता मौलाउने बताए । राज्य विरोधी काम हुँदा होसियारी गर्ने काम पत्रकारिताको धर्म भएको उनको भनाइ थियो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सही दिशामा लग्ने काम पनि पत्रकारले गर्नुपर्ने उनले बताए । पत्रकारको काम तीललाई पहाड र पहाडलाई तिल बनाउने नभएको बताउँदैै पत्रकारिताभित्रको विकृतिलाई हटाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, पत्रकार शोभाकान्त सिग्देलले सम्मानित पत्रकारको चिनारी गराउँदै पुरस्कारको महत्वमाथि प्रकाश पारेका थिए । सम्मानित पत्रकार सिग्देल, गुरुङ, त्रिपाठी र रानाले पुरस्कारले आफूलाई थप जिम्मेवारी र ऊर्जा थपेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा