महासंघको नेतृत्वका लागि मतदान सकियो, एसोसिएटको सबै भोट खसेन
बुधबार, २९ चैत २०७९, १८ : ४६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान सकिएको छ । बुधबार भएको नयाँ नेतृत्व चयनका लागि महासंघको मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार बिहान १० देखि ६ बजेसम्म मतदान भएको थियो । समितिका अनुसार महासंघमा जिल्लानगरमा ११७ भोट, वस्तुगततर्फ १२३ भोट छन् । जिल्लानगर र वस्तुगततर्फका सबै भोट खसेपनि एसोसिएटतर्फ भने सबै भोट नखसेको समितिले जनाएको छ ।
महासंघमा एसोसिएटतर्फ १७ सय ४८ मत छ । ६ बजेसम्ममा करिब १७ सय भोट खसेको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए ।
उनले भने, 'करिब ५०-६० भोट खसेन । अहिले गणना हुँदैछ । कति भोट खसेन भनेर एक्छिनमा थाहा हुन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता