डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु
डोल्पा । डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सुरु भएको छ । रुकुमपश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्मको प्रसारण लाइनको परीक्षण आजदेखि सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । डोल्पामा दुई वर्षअघि केन्द्रीय प्रसारण लाइन निर्माण सुरु भएको थियो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको गोतामबाट त्रिवेणी हुँदै डोल्पाको त्रिपुराकोटबाट सदरमुकाम दुनैसम्म परीक्षण सुरु भएको र दुई हप्ताभित्र दुनैसम्म विद्युत् सेवा सञ्चालन गर्न सकिने प्रदेश कार्यालयको भनाइ छ ।
जाजरकोट खण्डमा समेत पोल गाड्नेदेखि प्रसारण लाइनको कामा भइरहेको प्रदेश कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमै दुनैसम्म बत्ती बाल्ने योजना भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा निर्माण सम्पन्न भएको हो । जसबाट एघार केभी प्रसारण लाइन अहिले यहाँ पु¥याउन लागिएको हो भने ३३ केभी प्रसारण लाइनको सब स्टेसन त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटमा निर्माण जारी छ ।
जाजरकोट सदरमुकामदेखि डोल्पाको दुनैसम्म एक सय १८ किलोमिटर लम्बाइ छ । जाजरकोट डोल्पा सडक खण्डसँगै जोडेर काम भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिकाको चौखामा सबस्टेसनको कामसमेत निरन्तर जारी छ । डोल्पाको पालिकास्तरमा विद्युतीकरणका लागि अघिल्लो आवमा ठेक्का लागेपछि काम भने अहिले सुरु भएको विद्युत् प्राद्यिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ । मुख्य लाइनबाट सहायक लाइन निर्माण गरी तल्लो र मध्य डोल्पामा विद्युतीकरणका लागि काम सुरु गरिएको हो ।
मुडकेचुला, जगदुल्ला, ठुलीभेरी, त्रिपुरासुन्दरीका गाउँगाउँमा विद्युत् लिनका लागि सहायक लाइन निर्माण गर्न भएको ठेक्काअनुसार काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा