शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

मानव कङ्काललाई प्रेमिका मानेर बसिरहेका थिए यी व्यक्ति

बुधबार, २९ चैत २०७९, १५ : ५०
बुधबार, २९ चैत २०७९

पेरुमा प्रहरीले एक व्यक्तिबाट ६००–८०० वर्ष पुरानो कङ्काल भेटेको छ । प्रहरीका अनुसार यी व्यक्तिले यो कङ्काललाई आफ्नी प्रेमिका बताइरहेका थिए र उनले कङ्काललाई ‘जुआनिटा’ नाम दिएका थिए । 

जुलियो सिजर नामका ती व्यक्तिले उक्त कङ्काल आफूसँगै बेडरुममा सुत्नेसमेत बताए । उनले भने, ‘त्यहाँ मेरो बेड छ, उता पट्टी टिभी र त्यो नजिकै जुआनिटा छिन् । ’

जुलियो पेरुमा एक डेलिभरी म्यान हुन् । प्रहरीले यो कङ्काललाई उनको कुलर ब्यागमा भेटेका हुन् । जुलियोलाई यो एक महिलाको कङ्काल हो जस्तो लाग्छ । यसबारे उनी दाबी गर्दै भन्छन्, ‘‘जुआनिटा’ मेरो परिवारमा पछिल्लो ३० वर्षदेखि छिन् ।’

उनले भने, ‘म उनको रेखदेख गर्छु । उनी मेरा लागि आध्यात्मिक महिला मित्र जस्तै छिन् ।’ 

यद्यपि, विशेषज्ञका अनुसार यो १.५१ मिटर लामो कङ्काल कुनै पुरुषको हो । यसको उमेर ६०० देखि ८०० वर्ष अघि मृत्यु हुँदा ४५ वर्ष आस–पास होला ।

प्रि–हिस्प्यानिक कालमा मानिसको जसरी अन्तिम संस्कार गरिन्छ यो ठ्याक्कै त्यही अवस्थामा छ ।

यो कङ्काललाई पेरुको संस्कृति मन्त्रालयलाई सुम्पिएको छ । जुलियो र उनका दुई जना साथीलाई प्रहरीले हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप