नव वर्ष उत्सवका लागि लागि प्रभु बैंक र दराजबी सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग सम्झौता गरेको छ ।
यो योजना चैत २८ देखि लागू भएको जानकारी दिँदै बैंकले सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेको जनाएको छ ।
यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखि १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८ प्रतिशत वा अधिकतम रु ७५० बराबरको छुट पाउनेछन । यसैगरी क्रेडिट कार्ड मार्फत १० प्रतिशत वा अधिकतम रु १००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी ग्राहकहरुले २०२३ अप्रिल १५ देखि २० सम्म २० प्रतिशत वा अधिकतम रु २०० सम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड गर्नुपर्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकियो प्लाइउड निर्यात, कस्तो पहल गरिरहेको छ वाणिज्य मन्त्रालय ?
-
मिक्लाजुङ क्याम्पसमा संयुक्त प्यानलबाट क्रान्तिकारीका सुजन घिमिरे सभापतिमा निर्वाचित
-
गुल्मीको श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको जित
-
वन विज्ञान क्याम्पस हेटौँडाको स्ववियु सभापतिमा भट्ट निर्वाचित
-
मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा
-
बेलायती र सिंगापुरे लाहुरेले गरे साढे पाँच करोड लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन