मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घट्यो

काठमाडौं । डिजिटल बैंकिङ प्रणालीको प्रयोग तथा उपभोग बढ्दै गएका बेला पहिलोपटक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो महिनाको तुलनामा फागुन मसान्तमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ५ लाख ११ हजारले घटेको हो । पुस मसान्तसम्म यस्तो मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या २ करोड ३६ हजार ५२४ रहेको थियो । तर, एक महिनापछि अर्थात् फागुन मसान्तमा आइपुग्दा यस्तो संख्या घटेर १ करोड ९५ लाख २५ हजार ३५७ मा झरेको हो ।
यद्यपि, यता मोबाइल बैंकिङ कारोबार भने १९ अर्ब ७० करोड ५० लाख रुपैयाँले बढेर समीक्षा अवधिमा कूल १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बराबरको ट्रान्सेक्सन भएको बैंकले जनाएको छ । अघिल्लो महिना यस्तो कारोबार १ खर्ब ७२ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको भएको थियो ।
यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ८६ करोड १० लाख रुपैयाँ, डेभिट (एटीएम) कार्डमार्फत ८५ अर्ब १४ करोड १० लाख रुपैयाँ, क्रेडिट कार्डमार्फत १ अर्ब ४१ करोड २० लाख रुपैयाँ कारोबार भएको छ । यता विभिन्न किसिमका भूक्तानीका साधन, वालेटहरुबाट भने समीक्षा अवधिमा १८ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको ठुलो आक्रमणपछि जेलेन्स्कीमाथि फेरि खनिए ट्रम्प
-
वार्ताको माध्यमबाट शिक्षकहरुको समस्या यथाशीघ्र समाधान गर्न आयोगको आग्रह
-
सम्बन्ध विच्छेदको अफवाहबारे यसो भन्छिन् गोविन्दाकी श्रीमति सुनिता
-
सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ
-
एक करोडको अक्षयकोष स्थापना घोषणा
-
ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा