आऊ नव वर्ष तिमी

आऊ नव वर्ष तिमी,
देशमा सुख र शान्तिको
कामना लिएर आऊ
सबै नेपालीको मनमा
हर्ष र उमङ्ग लिएर आऊ
सुस्वास्थ्यको कामना लिएर आऊ
भाईचाराको सन्देश लिएर बोकेर आऊ
लक्ष्मीको बास होस् भन्ने
आशिष लिएर आऊ
मुखमा सरस्वतीको बास होस् भन्ने
आशिष लिएर आऊ
सबैको आधारभूत आवश्यकता
परिपूर्ति होस् भन्ने कामना लिएर आऊ
सबैसँग सुमधुर सम्बन्ध होस् भन्ने
कामना लिएर आऊ
सबैमा निस्वार्थको भावना होस् भन्ने
कामना लिएर आऊ
सबै नेपालीमा आफ्नो देशप्रति माया र मोह
सदैव होस् भन्ने कामना लिएर आऊ
सबै नेताहरुमा सद्बुद्धि पलाओस् भन्ने
कामना लिएर आऊ
नेताहरु बीचको बैमनष्यता
सधैँको लागि अन्त होस् भन्ने
कामना लिएर आऊ
देशमा सधैँको लागि
राजनैतिक स्थिरता होस् भन्ने
कामना लिएर आऊ
विश्वमा शान्ति र भातृत्वको
सन्देश बोकेर आऊ
आऊ नव वर्ष तिमी,
विश्वको सर्वोच्च शिखर
सगरमाथाको चुचुरोबाट
शान्तिको विगुल फुकेर आऊ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे कारबाही गर्नुपर्छ
-
१० बजे १० समाचार : निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो, राजावादीले खोजे वैकल्पिक नेतृत्व
-
विभिन्न निकायका २५ जना शाखा अधिकृतको सरुवा
-
नितिशको शानदार अर्धशतक, राजस्थानद्वारा १ सय ८३ रनको लक्ष्य प्रस्तुत
-
अदालतमा राणा र मिश्रले भनेः अस्पतालमा बस्ने सुविधा लिदैनौँ
-
प्रेस सेन्टरको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूको सूची सार्वजनिक (सूचीसहित)