दलपिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्छ : रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले दल पिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक, कर्मचारीको भूमिका रहे पनि अहिलेको अवस्थामा त्यसमा पुनर्विचार गर्नुपर्ने भन्दै दलपिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताए । ‘परिस्थितिले कानुनहरूमा केही परिवर्तन पनि खोज्छ । परिस्थितिले नयाँ कानुन निर्माणको आवश्यकता पनि देखाउँछ’, उनले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक कर्मचारीको ठुलो भूमिका पनि छ । त्यो भूमिकाको हामीले सराहना पनि गर्नुपर्छ । तर अब अहिलेको परिस्थितिमा उहाँहरूले विभिन्न दलगत ट्रेड युनियन कायम राख्ने कुरा कति उपयुक्त हुन्छ भनेर राजनीतिक दलहरूले पनि र मन्त्रीजीले कानुन बनाउँदा पनि सोच्ने अवस्था आयो ।’
उनले कर्मचारीहरूको दलीयकरणले समस्या ल्याएको पनि बताए । ‘चाहे शिक्षक होस् वा कर्मचारी दलपिच्छेका ट्रेड युनियनलाई खारेज गर्नुपर्ने अवस्था छ । किनभने कर्मचारीहरूको दलीय करणले समस्या ल्याएको छ’, पन्तको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ