बैंकहरुले ८ महिनामा ३६ खर्ब ९७ अर्ब तरलता सुविधा लिए

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको ८ महिनामा ३६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको तरलता सुविधा उपभोग गरेका छन् । समीक्षा अवधिमा बैंकहरुले केन्द्रीय बैंकबाट रिपोमार्फत ३ खर्ब ७७ अर्ब २७ करोड, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २० अर्ब ४९ करोड र ओभरनाइट तरलता सुविधामार्फत ५ खर्ब १५ अर्ब ६७ करोड गरी कुल ३६ खर्ब ९७ अर्ब २८ करोड रुपैयाँ तरलाता सुविधा उपभोग गरेका हुन् ।
यद्यपि, यसैअवधिमा रिभर्स रिपोमार्फत ५ अर्ब तरलता प्रशोचन गरिएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ५० खर्ब १० अर्ब७६ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ७० करोड खुद खरिद गरी ४ खर्ब ८२ अर्ब ५३ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २२ करोड खुद खरिद गरी १ खर्ब ४७ अर्ब १४ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८ करोड बिक्री गरी ४ खर्ब १ अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले अमेरिकी डलर ३ अर्ब १० करोड बिक्री गरी ३ खर्ब ७० अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?