शान्ति सेना लैजाने अनुमति कुर्दै वायुसेवा निगम
काठमाडौँ । नेपाल वायुसेवा निगम अफ्रिकी मुलुक इराइट्रिआका लागि शान्ति सेना लैजाने मिति पर्खिरहेको छ । यसअघि नै ९ अप्रिल, २०२३ मा इराइट्रिआका लागि उडान अनुमति प्राप्त गरी अन्तिम स्वीकृति पर्खिरहेको निगम संयुक्त राष्ट्रसंघमार्फत जवाफ नपाएपछि रोकिनु परेको थियो । ९ अप्रिलको राति ९ः ३० बजे निगमको एयरबस–३२० ७७ जना युएन मिसन (शान्ति स्थापनाका लागि) नेपाली सेना बोकर इराइट्रिआ जाने कार्यतालिका थियो । तर, अन्तिम समयसम्म पनि स्वीकृति नमिलेपछि सो दिनको उडान रद्द हुन पुगेको थियो ।
पुनः भोलिपल्ट १०, अप्रिल २०२३ का दिन दिउँसो १ बजे उडान अनुमतिको लागि सिधै अनुरोध गरिएकोमा सो दिन समेत अनुमति पाउन नसकेपछि उडान रोकिन पुगेको थियो । पटक पटक कुटनीतिक पहल गर्दा समेत उडान अनुमति पाउन नसकिएकाले उडान रद्द हुन पुगेको निगमका प्रवक्ता समेत रहेका उपनिर्देशक रमेश पौडेलले जानकारी दिए ।
सोही उडान पुनः अर्को मितिमा गर्नेगरी मंगलबार नेपाली सेनाको मुख्यालयमा नेपाली सेना र नेपाल एयरलाइन्सका उच्च पदस्थ पदाधिकारीसहित संयुक्त राष्ट्रसंघ मुख्यालय लगायत सम्बद्ध निकायहरुसँग आवश्यक समन्वय गरी उक्त उडान अर्को उपयुक्त समयमा गर्ने निर्णय गरिएको पौडेलले जानकारी दिए । नेपाली सेना र निगमबीचको सम्झौता अनुसार संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न देशहरुमा शान्ति स्थापनार्थ खटिई जाने नेपाली सेनाका पदाधिकारीहरुलाई सम्बन्धित देशहरुमा लैजाने र ल्याउने कार्य नेपाल वायुसेवा निगमले गदै आएको छ ।
यस्तो उडानका लागि निगमलाई आवश्यक पर्ने अनुमति सम्बन्धित देशको नियमानुसार कुटनीतिक माध्यमबाट लिने गरिएको छ । यसै सन्दर्भमा ९ अप्रिल २०२३ को लागि उडान तय भएको अफ्रिकी मुलुक युगाण्डा जाने चार्टड उडानको लागि हवाई मार्गमा पर्ने विभिन्न १२ वटा देशहरुमा निगमले अनुमति माग गरेको थियो । तर, अन्य ११ स्थानका लागि अनुमति प्राप्त भएपनि इराइट्रिआका लागि भने अनुमति पाएन । यसैका लागि निगमले अर्को निर्णय पर्खिएको हो । उक्त गन्तव्यका लागि ७७ जना नेपाली सेना जाँदैछन् भने उताबाट ६७ जना सेना नेपाल फर्किदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण
-
‘मायावी’ मेरो दोस्रो सन्तान हो : अभिनेत्री दीपिका
-
१८ व्यक्ति र संस्थालाई सोसल वेयलफेयर अवार्ड
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
बेलायतका राजकुमारले गरे भक्तपुर दरबार स्क्वायरको अवलोकन (तस्बिरहरु)