ब्याजदर एकल अङ्कमा झार्ने निर्णयको महासङ्घद्वारा स्वागत

काठमाडौँ । नेपाल बैंकर्स सङ्घले एकल अङ्कमा ब्याजदर झार्ने निर्णयको व्यवसायीले स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकर्स सङ्घको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिए ।
कर्जाको ब्याजदर एकल अङ्कमा आएपछि व्यवसाय चलायमान बनाउन यसले सहजता हुने बताए । ‘व्यवसायीहरूले कर्जाको ब्याजदर एकल अङ्कमा हुनुपर्छ भनेर माग गरेका थिए, त्यसको कारण के हो भने हाम्रो एभरेज ग्रोथरेट जिडिपीको साढे चार प्रतिशत मात्रै रहेको छ’, उनले भने,‘हाम्रो मुद्रा स्फीति पनि ६ प्रतिशतको हाराहारीमा रहेको छ । यस आधारमा कर्जाको ब्याजदर १० प्रतिशत भन्दा बढी हुनु हुँदैन र निक्षेपमा ८ प्रतिशत हुनुपर्छ भन्ने कुरा नै हेल्दी हुन्छ ।’
उनले बैङ्क ब्याजदर एकल अङ्कमा आइसकेपछि तरलतामा समेत सुधार हुने भन्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।
त्यस्तै नवलपरासी उद्योग सङ्घका अध्यक्ष केशव भण्डारीले पनि निजी क्षेत्र धर्मराएको अवस्थामा नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन भइरहेका बेला ब्याजदर न्यूनीकरण अझै हुनुपर्ने बताए ।
त्यस्तै दोलखा उद्योग सङ्घका पूर्वअध्यक्ष रामेश्वर मानन्धर ब्याजदर घटाउन आफूहरूले भन्दै आए पनि आज ब्याजदर घटेकोमा खुसी व्यक्त गर्दै स्वागतयोग्य भएको बताए । ‘यो निर्णय स्वागतयोग्य छ’, मानन्धरको भनाइ छ ।
अर्का व्यवसायी उज्जल श्रेष्ठले कर्जा व्याजदर घटेपछि व्यवसायीमा थोरै भए पनि उत्साह थपिएको बताए । ‘एक किसिमको उत्साह आयो, करेक्सन भयो । अव राष्ट्र बैंक, ग्राहक र व्यवसायीहरूमा पनि लगानी गरौँ भन्ने हुन्छ । थोरै भए पनि मुभमेन्ट बढ्छ’, व्यवसायी श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प