सशस्त्र प्रहरीको फेसबुक पेज अझै ह्याकरको पहुँचमा

काठमाडौँ । मङ्गलवार बिहानबाट ह्याकरले पहुँच बनाएको सशस्त्र प्रहरीको फेसबुक पेज अझै उनीहरूको पहुँचबाट बाहिर आएको छैन । अनधिकृत व्यक्तिको पहुँचमा रहेको फेसबुक पेजलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले रातोपाटीलाई बताए । उनले भने–‘अनधिकृत व्यक्तिको पहुँचबाट फिर्ता ल्याउन लागिराखेका छौँ, हाम्रो आइटी टिमले काम गरिरहेको छ ।’
मङ्गलवार बिहान १० बजेर ५९ मिनेटमा अनधिकृत व्यक्तिले पहुँच बनाएर भियतनामी भाषा पोस्ट गरेका थिए । बुधवार साँझसम्म फेसबुक पेज अनधिकृत व्यक्तिको पहुँचबाट मुक्त गराउने गरी सशस्त्र प्रहरीको आइटी टिमले काम गरिरहेको छ ।
यसअघि सशस्त्रको ट्विटर ह्यान्डलमा पनि ह्याकरले पहुँच बनाएका थिए । चैत २४ मा नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच राखेको आरोपमा स्याङ्जाका २१ वर्षीय सागर ढकाल पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु