फेरि चर्चामा शाहरुख खानको पठान

मुम्बई । शाहरुख खानको पठानले बक्स अफिसमा मात्रै होइन ओटीटीमा पनि दबदबा बनाएको छ । पठानको चर्चा विश्वभर भइरहेको छ । योसँगै फिल्मसँग सम्बन्धित एक्सन दृश्यहरू पनि फ्यानहरूमा व्याप्त छन् ।
यसैबीच पठानको भिएफएक्सको भिडियो सार्वजनिक भएको छ, जसमा सलमान खान र शाहरुख खानको एक्सन सिन कसरी खिचिएको छ भन्ने फिल्मका निर्माताले एक झलक देखाएका छन्, जसलाई देखेर फ्यान पनि तारिफ नगरी रहन सकेनन् ।
पठान भिएफएक्स ब्रेकडाउन भिडियो हालै एफएक्स स्टुडियोले सेयर गरेको छ, जसमा फिल्मका सबै एक्सन दृश्यहरू कसरी खिचिएका छन्। यसका झलक देखिएका छन् । भिडियोमा वाटर सिक्वेन्सदेखि लिएर सलमान–शाहरुखको ट्रेन फाइटको दृश्य देख्न सकिन्छ । यसैक्रममा यो भिडियोमा क्लाइमेक्सको झलक पनि देख्न सकिन्छ । यो पुरा भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिइरहेका छन् ।
भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले सोचेकै थिइनँ कि पानीमुनिको दृश्य भीएफएक्सले खिचिएको हो । त्यो उत्कृष्ट छ।’
बलिउडमा भिएफएक्सको हिसाबले अगाडि बढिरहेको छ । अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘उत्कृष्ट, फिल्ममा केही दृश्यहरू साँच्चै वास्तविक देखिन्छन्। राम्रो भिएफएक्स दृश्य। यससँगै फ्यानहरूले टाइगर ३ र वार २ हेर्नको लागि उत्सुकता पनि व्यक्त गरेका छन् ।
पठानले बक्स अफिसमा १०५० करोडभन्दा बढी कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?