मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

वैशाखको पहिलो साताबाट फ्लोरमा निस्कँदै ‘सतीदेवी’

बुधबार, २९ चैत २०७९, १० : ३८
बुधबार, २९ चैत २०७९

काठमाडौँ । लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्म ‘सतीदेवी’ वैशाखको पहिलो साताबाट छायाङ्कनका लागि फ्लोरमा निस्कने भएको छ । अहिलेको मौसम राम्रो भएकोले पनि फिल्म छिट्टै छायांकनमा लैजान लागेको निर्देशक सुवेदीले बताए । फिल्मको छायाङ्कन यस अगाडि वैशाखको तेस्रो साता बताइएको थियो ।

मलिका महत, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको मुख्य भूमिका रहने फिल्म गोल्डेन स्टेट मुभी केमर्सले एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गर्न लागेको हो । फिल्मको प्रस्तुतकर्ता दिलासा कृयसन रहेको छ । फिल्ममा कथा, पटकथा तथा संवाद, निर्माण र गीत निर्देशक सुवेदीकै छ ।

‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका रंग पत्रकार सुवेदीको पछिल्लो फिल्म ‘लालजोडी’ हो । लक्ष्मण खासमा फिल्म ‘ठगराज’ निर्देशन र निर्माणको तयारीमा थिए । फिल्मका लागि गीत समेत रेकर्ड भइसकेको थियो । तर, यो फिल्मको कथावस्तुमा अझै सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले उनले ‘सतीदेवी’ बनाउन लागेका हुन् । फिल्मको रिलिज भदौमा हुन सक्ने निर्देशक सुवेदीको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?