महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् । बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।
टीकापुर शाखाका प्रमुख पदम बहादुर कठायत र टीकापुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष मोहन बि.क.ले संयुक्त रूपमा जालवा देवी सेवा समितिका अध्यक्ष हर्क बहादुर रावललाई सामाग्री हस्तान्तरण गरे ।
त्यसैगरी बैंकको महेन्द्रनगर शाखाद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामाग्री तथा अन्य आवश्यक सामाग्राी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि बैंकले अनाथालयलाई उक्त सहयोग गरेको हो । शाखाका प्रमुख पहलमान ठकुल्ला र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले संयुक्त रूपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गरे ।
यसैगरी डडेलधुरा शाखाद्वारा अमरगढी नगरपालिका वडा नं ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरिएको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकहरुको दैनिक आधारभूत आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको हो । सुदुरपश्चिम प्रदेशका नायव प्रदेश प्रबन्धक तथा डडेलधुरा शाखाका प्रमुख चेत पाण्डेले उग्रतारा वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई सामाग्री हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत
-
‘मायामा ठ्याक्क ठुक्क’मा बोल्ड सुरक्षा
-
टिकटकले गुहार्यो अमेरिकी सर्वोच्च अदालत
-
सरोकारवालाले अपनत्व लिने गरी शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर
-
कानुनको अभावले सङ्घ र प्रदेशबिच अन्तर्विरोध देखिएका छन्: अध्यक्ष दाहाल
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति