सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मिर्गौला प्रत्यारोपण गर्ने सहमति

काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सहमति भएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा रबिना राज सिंहले संयुक्त रुपमा हस्ताक्षर गरी मिर्गौला प्रत्यारोपणका लागि सहमति जनाएका हुन् ।
उनीहरुबीच मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान र अंग प्रत्यारोपण गर्ने पनि सहमति भएको छ । प्रत्यारोपण सेवा सुरु गर्नको लागि भौतिक पूर्वाधार निमार्ण गर्ने र कोशी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धिका लागि तालिममा पठाउने सहमति भएको छ ।
केन्द्रको पहलमा यसअघि गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवा सुरु भइसकेको छ ।
सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नको लागि केन्द्रले सेती प्रादेशिक अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालसँग पनि सहमति गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
-
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव
-
चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने
-
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन
-
पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
-
भारतमा चोरी गरेकाे आरोपमा दुई नेपाली पक्राउ