शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, के–के छन् सुविधा ?

मङ्गलबार, २८ चैत २०७९, १८ : ०७
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रूपमा विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ । यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमा उपलब्ध हुनेछ । पहिले देखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराइने छ । साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ । 

त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ । 

यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रूपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको छ । प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *1442# डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ । 

स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप