विदेशबाट आयात गर्ने तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले विदेशबाट आयात गर्ने तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आयात हुने तरकारी खाद्यान्न मापदण्ड पुरा भएका मात्रै आयात गर्ने भएको हो । साथै स्वदेशमा उत्पादन भएको तरकारी र खाद्यान्न समेतको विषादी परीक्षण हुने भएको छ ।
सरकाले भारतबाट आयात हुने तरकारी सहित खाद्यान्नको विषादी परीक्षण रोकेको भन्दै आलोचना समेत भएको थियो । त्यस आलोचनालाई मध्यनजर गर्दै संसदीय समितिबाट तयार गरेको विधेयकका आधारमा विदेशबाट आयात हुने तरकारी र विषादीको परीक्षण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् । तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग हुने गरेका छन् । तर, त्यसको कति मात्रा प्रयोग भएको छ भन्ने जाँच नै नगरी भारत लगायत अन्य मुलुकबाट आयात हुने गरेको थियो । अब सरकारले विदेशबाट आयात हुने तरकारी र खाद्यान्नको विषादी जाँच गरेर ल्याउन दिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्