‘माग्ने बुढाले जुन फिल्ममा खेले पनि सफलता मात्रै’

काठमाडौँ । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हाले पनि सफलता मात्रै हात लाग्ने भन्दै प्रशंसा गरेका छन् ।
कलाकार पौडेलले घिमिरेले जुन फिल्ममा खेले पनि सफलता मात्रै हात लाग्ने र घिमिरेको फिल्म हेर्न जाने मान्छेको कमी नहुने उनको भनाई थियो ।
पौडेलले कलाकार घिमिरे कलाकारिताको उच्च तहमा पुगिसकेको र त्यहाँबाट तल झर्ने स्थिति नहोस् भन्दै जन्मदिनको शुभकामना दिए । उनले कलाकार घिमिरेले चलचित्र र कलाकारितामा दिएको योगदानले हास्य कलाकारको कद झनै बढ्दै गएको पनि बताए ।
कार्यक्रममा कलाकार किरण केसीले आफूसँग काम गर्दाको अनुभव सम्झिँदै घिमिरेको प्रशंसा गरे । उनले कलाकार घिमिरेले कलाकारिता सुरुवात गर्दा आफूलाई धेरै सहयोग गरेको बताए । कलाकार घिमिरेलाई शालीन, भद्र र सकारात्मक व्यक्ति भएको बताए । उनले हास्य कलाकारहरूको प्रतिस्पर्धा रहे पनि एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने भावना हास्य कलाकारहरूमा मात्रै रहेको बताए ।
कार्यक्रममा कलाकार घिमिरेलाई जन्मदिनको शुभकामना दिँदै कलाकार दीपकराज गिरीले घिमिरेको संघर्षबाट नै आज यो स्थान हासिल गर्न सफल भएको बताए । उनले आफूले घिमिरेसँग चलचित्रमा सहयात्रा गरेको १० वर्ष भएको बताए । उनले आफूलाई मानसिक रूपमा, भौतिक रूपमा, चलचित्र लेखन लगायतका क्षेत्रमा घिमिरेले साथ दिँदा आफूलाई झनै राम्रो भएको र यात्रा अझै अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कलाकार दीपाश्री निरौलाले कलाकार घिमिरे जस्तोसुकै परिस्थितिमा पनि सल्लाह र सुझाव दिने गरेको बताए । उनले घिमिरे र आफ्नो चलचित्रको सहयात्रा १० वर्ष पुगिसकेको र कलाकार घिमिरे एउटै पात्रमा आधारित रहेर आफ्नो परिचय दिनसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा कलाकार घिमिरेले चलचित्रको सहयात्रा र आफ्नो पात्रले अहिलेसम्म दर्शकलाई मनोरञ्जन दिन सकेकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा झनै मनोरञ्जनात्मक चलचित्रहरू पस्किने प्रतिबद्धता जनाए । कलाकार घिमिरेको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा पुगेका अन्य कलाकारहरूले पनि कलाकार घिमिरेलाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा