माओवादी धारले दोस्रो चरणको कार्यक्रम तत्काल गर्दै

काठमाडौँ । माओवादी धारले दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरेका छन् । पहिलो चरणको संयुक्त विज्ञप्ति, पत्रकार सम्मेलन र अन्तर्क्रिया सकिएकाले दोस्रो चरणको कार्यक्रम बैठक बसेर टुङ्गो लगाइने भएको हो ।
जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत हल गर्न माओवादी धारले बैठक बसेर कार्यक्रम तय गर्ने नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए । ‘हामीले पहिलो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौँ । यो चरणको कार्यक्रम सफल नै भयो’ महराले भने, ‘अब दोस्रो चरणको कार्यक्रम सबै माओवादी धारको बैठक बसेर छिट्टै सार्वजनिक गर्ने छौँ ।’
दोस्रो चरणको कार्यक्रममा एमालेभित्रका माओवादी नेताहरूलाई समेत बोलाइने महराले बताए । त्यस कार्यक्रममा कांग्रेस, जसपा, एकीकृत समाजवादी लगायत गैर माओवादी पृष्ठभूमिका नेताहरूलाई बोलाएर छलफल गर्ने तयारी गरिएको छ ।
यस्तै नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले सङ्क्रमणकालीन मुद्दाका विषयमा एकपछि अर्को गर्दै दबाबमूलक कार्यक्रम ल्याइने बताए ।
‘जनयुद्धकालीन मुद्दा माओवादीका मात्रै होइनन् राज्यका पनि हुन’ बुढाथोकीले भने,‘ती सबै मुद्दा किनारा लगाउन राज्य लगायत सबै निकायले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ ।’ सङ्क्रमणकालीन न्याय व्यवस्थापनका सवालमा खेल्न खोजिए दुर्घटना हुने बुढाथोकीले चेतावनी दिए । अब माओवादी धार ढिलोचाढो एक ठाउँमा आउनै पर्ने अवस्था सृजना गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उकालो चढ्न नसकेको जिप ब्याक भएर दुर्घटना, २ को मृत्यु
-
न्युजिल्याण्डको जितसँगै आयोजक पाकिस्तान ‘आउट’
-
अण्डाको मूल्य बढ्यो
-
मलेप र अख्तियारलाई प्रश्नैप्रश्न
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म