सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । छलफलमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । तीन नेताहरूबीच सत्य निरूपण तथा मेलमिलाप आयोगलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
यसअघि चैत २५ पनि सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच छलफल भए पनि सहमति हुन सकेको थिएन । सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठकमा सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त
-
एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?
-
रितेशको फिल्म सुटिङमा दुर्घटना : एकको शव फेला, छायांकन रोकियो
-
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदै
-
सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
रुस र युक्रेन ‘सम्झौताको धेरै नजिक’ : ट्रम्प