नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी
मङ्गलबार, २८ चैत २०७९, ०८ : १०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ। त्रिविबाट सम्बन्धन प्रदत्त क्याम्पसहरुलाई अत्यन्त जरुरी सूचना जारी गर्दै कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएको हो ।
त्रिविले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिएको छ। नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।
सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन्। नवीकरण भएका क्याम्पसहरूले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन्। नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले