पाकिस्तानको क्वेटामा बम विस्फोट, दुई प्रहरीसहित चार जनाको मृत्यु
सोमबार, २७ चैत २०७९, २२ : ४५

बलुचिस्तान । पाकिस्तानको दक्षिणपूर्वी प्रान्त बलुचिस्तानको क्वेटामा भएको बम विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार क्वेटाको व्यस्त बजारमा रहेको प्रहरीको गाडीलाई निशाना बनाइएको थियो।
प्रहरी अधिकारी अजफर मेहसारले एएफपीलाई भने, ‘प्रारम्भिक अनुसन्धानले मोटरसाइकलमा राखिएको आईईडीले विस्फोट गराएको र त्यसलाई विस्फोट गर्नको लागि रिमोट कन्ट्रोलको प्रयोग गरिएको देखाएको छ।’ मृत्यु हुनेमा दुई प्रहरी र एक पाँच वर्षीया बालिका रहेका छन् । हालसम्म आक्रमणको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !