पीएन क्याम्पसको स्ववियु निर्वाचन वैशाख ३ गते हुने

पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने भएको छ । लामो समयदेखि क्याम्पसमा जारी तालाबन्दी र अदालतमा पुगेको रिट निवेदन फिर्ता भएसँगै चुनावी हुने निश्चित भएको हो ।
क्याम्पसको निर्वाचन समितिको सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै चुनावी माहोल गर्माएको छ । निर्वाचन समितिले चैत २९ गते मनोनयन दर्ता र वैशाख ३ गते मतदानको मिति तोकिएको छ । यसअघि निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला तोडेर प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको थियो । स्थिगित निर्वाचन गर्ने क्याम्पस प्रशासन र विद्यार्थी समूहबीच सहमति भएको हो ।
फागुन १९ गते सम्पूर्ण प्रक्रिया पूरा गरी स्ववियु निर्वाचन कार्यालय पृथ्वीनारायण क्याम्पसमा दर्ता भएको विद्यार्थी समूहको नाम प्रकाशन नभएपछि असन्तुष्ट समूह उच्च अदालत पोखरा पुगेको थियो । देशकै सबैभन्दा धेरै मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची थियो । तर, निर्वाचन कार्यालयमा लागेको ताला नखुल्दा उम्मेदवारी दर्ता हुन सकेन । त्यसपछि उच्च अदालत पोखराले फागुन २८ गते तत्कालका लागि निर्वाचन गतिविधि अगाडि नबढाउन आदेश दिएपछि निर्वाचन गतिविधि शून्यजस्तै भएको थियो ।
फागुन २६ गते स्वतन्त्र विद्यार्थी समूहले आफूहरूले राखेको नाम नपाएको भन्दै उच्च अदालत पोखरामा रिट दायर गर्यो । अदालतले अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरूलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी गराउन र सोसम्मका लागि निर्वाचनसम्बन्धी काम, कारबाही अगाडि नबढाउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर, अन्तिम फैसला अगाबै क्याम्पस प्रशासन, विद्यार्थी समूह, असन्तुष्ट पक्षबिच सहमति जुटेपछि चुनाव हुने निश्चित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै
-
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
-
के आर्थिक मन्दीतर्फ बढिरहेको छ विश्व ?
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु