‘प्रसाद २’ रिलिजको बाटो खुल्यो
सोमबार, २७ चैत २०७९, २१ : ०८
काठमाडौँ । फिल्म ‘प्रसाद २’लाई रिलिजको बाटो खुलेको छ । उच्च अदालत पाटनले उक्त फिल्मको रिलिज रोक्ने गरि केशव पाण्डेले दिएको उजुरीमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जसका कारण फिल्म अब रिलिज हुन पाउनेछ ।
न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजालसले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अन्य कानुनी बाटो अपनाउन सक्ने आदेश दिएको छ । केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न भने नसक्ने आदेश अदालतले दिएको छ ।
अदालतले फिल्मको प्रदर्शन नै रोक्नु सुविधा सन्तुलनको दृष्टिले पनि उपयुक्त नभएको बताएको छ । फिल्म शुक्रबारदेखि रिलिज हुनुपर्ने थियो । तर, केशव पाण्डेले फिल्मको प्रदर्शन रोकि पाउँ भनी उजुरी दिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्मको प्रदर्शनमा रोक लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म