कटहरिया प्रिमियर लिगको उपाधि गरुडालाई

रौतहट । रौतहटमा जारी कटहरिया प्रिमियर लिगको उपाधि गरुडा क्रिकेट टिमले जितेको छ । कटहरियालाई ७५ रनले हराउँदै गरुडाले उपाधि हात पार्न सफल भएको हो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेका गरुडा टिमले ५ विकेटको १६८ रन बनाएको थियो। जवाफमा कटहरिया टीमले १९ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र ९३ रन बनाउन सक्यो । फाइनल खेलमा गरुडा टिमका नितेश यादवले ६० रन, शैलेन्द्र कुशवाहाले ३१ र सोबिन्द्र पासवानले २४ रन जोडेका थिए।
प्रतियोगितामा कटहरिया टिमका दीपु साह मैन अफ द सिरिज, रोहित सनीलाई वेस्ट व्याट्सम्यान, वेस्ट विकेटकिपर राजु यादव, वेस्ट क्याच एलेक्स यादव, वेस्ट बलर विपिन साहनीलाई घोषित गरिएको थियो। विजेता गरुडा टिमलाई नगद ३१ हजार तथा उपविजेता कटहरिया टिमलाई २१ हजारसहित शिल्ड, ट्रफी, प्रमाणपत्र वितरण गरिएको थियो ।
पूर्व मन्त्री प्रभु साह, पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, मौलापुर नगर प्रमुख रिना कुमारी साह, नेताहरु योगेन्द्र साह, चन्दन कुशवाहा, लगायतले पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग