जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौताका लागि संसदीय संयन्त्र गठन गर्न सांसद शर्माको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्रीको भारत भ्रमणभन्दा अगाडि जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौताका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसद शर्माले केही समय अघि भारतका व्यवसायीहरुसँग भेट्दा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत् विकास तथा व्यापार सम्झौता हुनसक्ने आधार देखेको उल्लेख गरे ।
उनले भारतीय व्यवसायीहरुले नेपालको विद्युत् उत्पादन गर्न अन्य देशलाई दिएकोमा गुनासो गरेको बताए । उनले भारतका व्यवसायीहरुले विद्युत् उत्पादन अरु देशलाई गर्न दिने तर विद्युत् खपतको लागि भारतले किनिदिनु पर्ने वैज्ञानिक नभएको गुनासो गरेको बताए । उनले नेपालको जलाशयको क्षमता अनुसार २३ वटा परियोजनाबाट सन् २०३० सम्म ३० हजार मेगवाट क्षमताको विद्युत उत्पादन गर्न सकिने दाबी गरे । उनले ३० हजार मेगवाट क्षमताको विद्युत् उत्पादनका लागि भारत र बंगलादेशका लगानीकर्तालाई पनि आकर्षित गर्न सकिने उल्लेख गरे ।
उनले विगतका प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाने तर कुनै पनि राम्रो सम्झौता गर्न नसकेको बताए । उनले अहिलेसम्म भारतसँग विद्युत् व्यापार सम्झौता ४५२ मेगावट रहेको त्यो पनि वर्षा आयममा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’
-
अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
शिक्षक आन्दोलनमा नेविसंघको ऐक्यबद्धता