पूर्व अर्थमन्त्री शर्मा तेस्रोपटक कोरोना सङ्क्रमित
सोमबार, २७ चैत २०७९, १७ : २३

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पूर्वमन्त्री शर्मालाई तेस्रोपटक कोरोना सङ्क्रमण भएको हो ।
शर्माले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदैँ पहिलो र दोस्रो पटकको सङ्क्रमणजस्तो समस्या नदेखिएको बताएका छन् । शर्माले भनेका छन् ः ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभएपनि कोभिड त कोभिड नै रहेछ ।’