फ्रान्समा चारतले भवन भत्किँदा २ जनाको मृत्यु

मार्सेली । फ्रान्सको मार्सेलीमा आइतबार ठूलो विस्फोटपछि भत्किएको भवनको भग्नावशेषबाट दुई जनाको मृत शरीर निकालिएको उद्धार कार्यमा सम्लग्न अधिकारीले बताएका छन् । भूमध्यसागरीय बन्दरगाह शहर, मार्सेलीमा रहेको चारतले भवन भत्किएको करिब २४ घण्टापछि ती शव फेला परेका हुन् ।
आपतकालिन कामदारहरूले क्रेन र बत्तीको सहायताले आइतबार रातिसम्म पनि उद्धार कार्य जारी राखेका थिए । तर भग्नावशेषमुनि लगातार आगो लाग्दा उनीहरूको काममा बाधा पुगेको थियो । घटनापछि प्रतिक्रिया दिँदै स्थानीय अभियोजक डोमिनिक लरेन्सले आठ जनाले फोन कलको जवाफ नदिएको बताएका थिए । स्थानीय समयअनुसार आइतबार राति १२ः४० बजे भएको विस्फोटमा परी छिमेकी भवनका पाँच जना सामान्य घाइते भएका छन् ।
मार्सेलीका मेयर बेनोइट पायनले एक विज्ञप्ति जारी गर्दै भने, “आइतबार राति गम्भीर पीडा र दुःखले सकिएको छ ।” “शहरका सबै सेवाहरू, साथै राज्य, यस क्षणमा पनि खोजी जारी राख्न पूर्ण रूपमा प्रतिबद्ध छन्,” उनले थपे । विस्फोटको कारण पत्ता लाग्न बाँकी छ, तर अनुसन्धानकर्ताहरूले यो ग्यास चुहावटको परिणाम भएको हुन सक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन