चीनको सांघाईमा ब्याट्री फ्याक्ट्री खोल्दै टेस्ला
![चीनको सांघाईमा ब्याट्री फ्याक्ट्री खोल्दै टेस्ला](https://rpcdn.ratopati.com/media/albums/tesla_VrIYE57RC2.jpg)
काठमाडौँ । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले चीनको सांघाईमा ब्याट्री फ्याक्ट्री स्थापना गर्ने भएको छ । विश्वका दोस्रो धनाड्य एलन मस्कको कम्पनीले विश्वभरको ब्याट्री माग धान्न चीनमा ‘मेगा–फ्याक्ट्र’ स्थापना गर्न लागेको जनाएको हो ।
चीनमा स्थापना गर्ने भनिएको प्लान्टले प्रतिवर्ष १० हजार युनिट ‘मेगाप्याक’ ब्याट्री उत्पादन गर्ने क्षमता छ । यो ब्याट्रीले ऊर्जालाई स्टोरेज समेत गर्न सक्छ र यो धेरै ठूलो हुनेछ । जसले उच्च क्षमतामा ऊर्जाको स्टोरेज गर्न सक्छ ।
टेस्लाले यसअघि नै अमेरिकाको क्यालिफोर्नियामा मेगाप्याक फ्याक्ट्री सञ्चालनमा ल्याइसकेको छ । जसले वार्षिक १० हजार युनिट मेगाप्याक ब्याट्री उत्पादन गर्छ । मस्कले चीनमा खुल्ने मेगाफ्याक्ट्रीले कम्पनीको उत्पादनलाई थप मजबुत पार्ने बताए ।
कम्पनीले यही वर्षको अन्त्यदेखि फ्याक्ट्री स्थापनाको काम थाल्नेछ । र, यसले सन् २०२४ देखि उत्पादन थाल्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा