अब्दुल खानलाई बर्खास्त गर्न माग गर्दै जनमत पार्टी कार्यालय अगाडि प्रदर्शन

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खानको अश्लील भिडियो सार्वजनिक भएपछि उनलाई कारबाहीको माग गर्दै विभिन्न संघ संगठनले आवाज उठाइरहेका छन् । सांंसद खानलाई कारबाहीको माग गर्दै सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएका राष्ट्रिय एकता अभियानले सोमबार जनमत पार्टी कार्यालयका अगाडि प्रदर्शन गरेका छन् ।
पूर्व खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका सांसद खानले एक महिलासँग गरेको अश्लील हर्कतको भिडियो सार्वजनिक भएपछि अभियानले सांसद पदबाट बर्खास्त गर्न माग गरेको हो । खानलाई कारबाही गर्नका लागि काठमाडौँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयको अगाडि अभियानले प्रदर्शन गरेको छ ।
अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले निवर्तमान मन्त्रीको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शिर निहुराउने कार्य गरेको बताइन् । उपाध्यक्ष साहको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पु यादव, केन्द्रीय सदस्य मिना साह, चन्द्र यदुवंशी लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी र पेटको समस्या
-
एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद