बच्चासँगको भिडियो भाइरल भएपछि दलाई लामाले माफी मागे
![बच्चासँगको भिडियो भाइरल भएपछि दलाई लामाले माफी मागे](https://npcdn.ratopati.com/media/news/dalai-lama1_flVi3IhFeM.jpg)
आफ्नो एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रसिद्ध बौद्ध धर्मगुरु दलाई लामाले माफी मागेका छन् ।
दलाई लामा तिब्बतबाट निर्वासित भएदेखि नै भारतमा बस्दै आएका छन् । भाइरल भइरहेको दलाई लामासँग सम्बन्धित भिडियोमा उनले एक नाबालकको ओठमा चुम्बन गरिरहेको देखिन्छ । बच्चाको ओठमा चुम्बन गरेपछि उनले आफ्नो जिब्रो बच्चालाई चुस्न भनिरहेका छन् ।
आइतबार यो भिडियो भाइरल भएपछि मानिसहरूले सामाजिक सञ्जालमा दलाई लामामाथि हमला गर्न सुरु गरे ।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यसलाई असहज पार्ने खालको भनिरहेका छन् । यस भिडियोमा जनताको आक्रोश देखेर दलाई लामाको आधिकारिक ट्विटर ह्यान्डलबाट बच्चा र उनको परिवारसँग माफी मागिएको छ ।
दलाई लामाले जारी गरेको बयानमा भनिएको छ, ‘एक भिडियो शेयर भइरहेको छ । यो भिडियो हालै भएको भेटको हो, जसमा एक बच्चाले धर्मगुरु दलाई लामालाई अँगालो हाल्न सक्छु भनेर सोधिरहेका थिए । यदि उनको शब्दले बच्चा र उनको परिवार र विश्वभरका साथीहरूलाई चोट पुर्याएको छ भने, दलाई लामा उनीहरूसँग माफी माग्न चाहन्छन् । उनले यो घटनाप्रति दुःख व्यक्त गरेका छन् । हाम्रा धर्मगुरु आफूलाई भेट्न आउने मानिसहरूसँग धेरैजसो यसरी नै निश्चल र ठट्यौली पारामा जिस्कन्छन् । सार्वजनिक रूपमा पनि र क्यामराको अगाडि पनि । उनलाई यो घटनाप्रति अफसोस छ ।’
यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा मानिसहरूले दलाई लामाको निन्दा गर्न थाले ।
मेघनाद नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘दलाई लामाको भिडियोले उनको मस्तिष्क डाउनहिल साइडमा रहेको प्रमाणित गर्छ । त्यसैले उनले संन्यास लिएर युवालाई आफ्नो जिम्मेवारी दिनुपर्छ ।’
‘तपाईं राजनीतिक नेता होस् वा धार्मिक नेता । रिटायर गर्न सिक्नुपर्छ । घृणित काम ।’
विद्या कृष्णनले लेखेकी छिन्, ‘यो बच्चा जीवनभर डराएर बस्न सक्छ र उनले अफसोस व्यक्त गरिरहेका छन् ?’
‘यो पनि थाहा पाउनुहोस् कि बच्चालाई दलाई लामाले जे गरे त्यो जिस्क्याइएको होइन, उत्पीडन हो ।’
राफेल गोल्डस्टोन लेख्छन्, ‘दलाई लामाले बच्चालाई चुम्बन गरेको घृणित भिडियो आएको छ । उनी बच्चालाई आफ्नो जिब्रो चुस्नसमेत भनिरहेका छन् ।’
नताली डेनिसले लेखेकी छिन्, ‘यो स्तब्ध पार्ने खालको दृश्य हो । दलाई लामा भारतीय बालकसँग यस्तो व्यवहार गर्दै क्यामेरामा कैद भएका छन् । उनको शारीरिक भाषा देख्न सक्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै