हेमा मालिनीले भनिन्, ‘अमिताभ बच्चनजस्तो भूमिका कहिल्यै कुनै महिला कलाकारलाई प्रस्ताव गरिएन’

दिग्गज अभिनेत्री हेमा मालिनीले फिल्मी उद्योगमा अहिले पनि महिला कलाकारले शक्तिशाली भूमिका नपाइरहेको गुनासो गरेकी छिन् । पुरुष कलाकारको तुलनामा महिला कलाकारले अहिले पनि बढी काम पाइरहेको उनले बताएकी छिन् ।
हेमा भन्छिन्, ‘आज पनि कुनै लेखक नायिकालाई दिमागमा राखेका कुनै कथा लेख्दैनन् । उदाहरणका लागि अमिताभ बच्चनकै नाम लिऔँ । केही कथा उनलाई नै दिमागमा राखेर लेखिएका हुन्छन् । यस्तो सुविधा उनको ओहोदाका कलाकारले मात्रै पाउन सक्छ ।’
शक्तिशाली भूमिका पुरुष कलाकारका लागि रिजर्भ हुन्छ : हेमा
हेमा मालिनी हालै मिड डेसँग कुराकानी गरिरहेकी थिइन् । उनलाई पछिल्लो समय ओटीटी आएपछि महिला कलाकारले बलियो भूमिका पाइरहेका छन् भनेर सोधिएको थियो । यसको जवाफमा उनले भनिन्, ‘ओटीटीपछि केही फेरिएको छैन । अहिले पनि शक्तिशाली भूमिका पुरुष कलाकारका लागि सुरक्षित गरिन्छ ।’
हेमाले भनिन्, ‘बिग बीका लागि जस्ता भूमिका लेखिए... मलाई लाग्दैन त्यो कुनै महिला कलाकारका लागि कहिल्यै लेखिएका छन् । ’
स्मरण रहोस्, हेमा र अमिताभ बच्चनले सन् २००३ मा फिल्म बागवानमा सँगै काम गरेका थिए । यो फिल्मलाई अडियन्सले निकै रुचाएका थिए ।
यस्तो भूमिकाको प्रतीक्षामा छु जसले मलाई चुनौती दिन सकोस्
हेमाका अनुसार उनी पछिल्लो ६ दशकदेखि अभिनय क्षेत्रमा छिन् तर उनी अहिलेसम्म पनि त्यस्तो भूमिकाको प्रतीक्षामा छिन् जसले उनलाई चुनौती दिन सकोस् । उनका अनुसार उनलाई आजसम्म कसैले पनि त्यस्तो फिल्म प्रस्ताव गरेको छैन । उनकी छोरी इशा देओलले ओटीटी प्लेटफर्ममा कदम राखेकी छिन्, अब यो क्लबमा उनी आफैँ पनि सामेल हुन चाहेको बताएकी छिन् ।
हेमाले भनिन्, ‘यदि मलाई ध्यानमा राखेर कुनै भूमिका प्रस्ताव गरिन्छ भने यसो गर्न पाउँदा मलाई निकै खुसी लाग्नेछ । मलाई लाग्छ कि मसँग त्यति क्षमता छ कि यस्तो भूमिकालाई न्याय गर्न सक्नेछु ।’
हेमाबारे राज कपुरको भविष्यवाणी सही साबित भयो
हेमा मालिनीलाई फिल्म इन्डस्ट्रीमा ड्रिम गर्लको नामले चिनिन्छ । उनले निकै कम उमेरमा फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । सन् १९६८ मा रिलिज भएको फिल्म ‘सपनों का सौदागर’ बाट उनले फिल्ममा डेब्यु गरेकी थिइन् । यद्यपि, उनले ‘जोनी मेरा नाम’ बाट चर्चा पाइन् ।
त्यसपछि उनले शोले, सीता और गीता, ड्रिम गर्ल, क्रान्ति र अन्धा कानुनजस्ता सुपरहिट फिल्ममा काम गरिन् । हेमा मालिनीका लागि एक पटक राज कपुरले ‘यो केटी एक दिन सुपरस्टार बन्नेछिन्’ भनेका थिए । राज कपुरको यो कुरा वास्तविकतामा परिणत भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु