मलेसियामा मेनपावर व्यवसायी मृत्यु प्रकरण : हत्या गरिएको भन्दै छानबिन गर्न प्रधानमन्त्रीलाई पत्र
![मलेसियामा मेनपावर व्यवसायी मृत्यु प्रकरण : हत्या गरिएको भन्दै छानबिन गर्न प्रधानमन्त्रीलाई पत्र](https://npcdn.ratopati.com/media/news/renji-rai_mpt53dkv9z.jpg)
काठमाडौँ । मलेसियामा शङ्कास्पद मृत्यु भएका मेनपावर व्यवसायीको घटनामा छानबिनको माग गरिएको छ । शान्तिनगरमा रहेको मार्भलस इम्प्लोईमेन्टका सञ्चालक ४६ वर्षीय रेन्जी राईको मृत्यु प्रकरणमाथि सत्यतथ्य छानबिनको माग गर्दै उनकी श्रीमती इन्द्रसुबा राईले प्रधानमन्त्रीलाई निवेदन दिएकी हुन् ।
६ दिन अगाडि मात्रै मलेसिया पुगेका राईको २४ चैत २०७९ मा शङ्कास्पद मृत्यु भएको थियो । मलेसियाको निलाईस्थित स्टार डोमेन रिसर्चस् कम्पनीको लामान युनिभसिर्टीको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गरेको नभई हत्या गरिएको भन्दै यस विषयमा सत्यतथ्य छानबिनको माग गरेकी हुन् ।
गत बिहीबार राति ८ बजेतिर आफूसँग फोनमा कुरा भएको इन्द्रसुबाको भनाई छ । कुरा गर्ने क्रममा इन्द्रसुबाले होटलमा बस्न आग्रह गरेकी थिइन् । तर, उनले यतै केटाहरूसँग राम्रो छ भनेर त्यतै बसेका थिए । तर, त्यही राति शौचालयमा डोरीले झुन्डिएको अवस्थामा फेला परेका थिए ।
राई दम्पतीका दुई छोरी र एक छोरा छन् । करिब २० वर्षदेखि मेनपावर व्यवसाय गर्दै आएका राई मलेसियामा रहेका श्रमिकमाथि समस्या परेपछि उनी त्यहाँ गएका थिए ।
करिब दुई महिना अघि मात्र ६४ जना कामदारहरूलाई सिनामंगलस्थित निमा तामाङको रोज ह्युमन रिसोर्स र राईको मेनपावर कम्पनीमार्फत मलेसियाको स्टार डोमेन रिसोर्सस् कम्पनीमा पठाएका थिए ।
ती कामदारहरूलाई उक्त कम्पनीले काममा नलगाउने र पारिश्रमिक समेत नदिएको भन्दै कामदारहरूले बारम्बार गुनासो आएको थियो । त्यसपछि उक्त विषयमा मलेसियामा रहेका नेपाली एजेन्टहरू शंकरप्रसाद आचार्य, महेन्द्रजंग शाही र मलेसियाको स्थानीय एजेन्ट स्वन लीसँग सम्पर्क गरेका थिए ।
त्यही क्रममा राई र एजेन्टहरूबीच फोनमा चर्काचर्की कुरा भएको इन्द्रसुबाले बताइन् । तर, त्यो बीचमा के कस्तो कुरा भयो भन्ने आफूलाई थाहा नभएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।
श्रीमान्को उक्त शौचालयको तस्बिर र भिडियो हेर्दा कुनै पनि किसिमले आत्महत्या नभई कुनै आपराधिक गिरोहको कर्तव्यबाट हत्या गरी शौचालयमा झुन्डिएको कृत्रिम बहाना गरिएको प्रष्ट देखिएको उनको दाबी छ ।
नेपाली एजेन्टहरूसँग कुराकानी भएको एक हप्तापछि उनीहरूले जसरी पनि मलेसिया आउनु भनेका थिए । त्यही क्रममा उनी २१ चैत २०७९ मा मलेसिया पुगेका थिए ।
मलेसिया पुगेको ४ दिनमा उनको शङ्कास्पद मृत्यु भएको थियो । २४ चैतको राति ११ बजेतिर राई नेपाली कामदार बस्ने होस्टेलको शौचालयमा घाँटीमा पासो लगाई आत्महत्या गरेको अवस्थामा फेला परेको थियो ।
उनले आत्महत्या गरेको भनी नेपाली कामदारहरूबाटै आफूले जानकारी पाएको उनको भनाई छ । ‘नेपाली एजेन्टले बोलाई कामदारहरूको बारेमा बुझ्नकै लागि मलेसिया गएकोमा के कति कारणले एक्कासि मृत्युवरण भयो, मेरो श्रीमान्को कामदार बस्ने होस्टल भनिएको शौचालयमा सलले घाँटीमा पासो लगाएको सामाजिक सञ्जालबाट प्राप्त तस्बिर र भिडियो हेर्दा आत्महत्या नभई कर्तव्यबाट भएको प्रष्ट देखिएको ब्यहोरा अनुरोध छ । साथै भिडियो हेर्दा अपशब्दसमेत बोलेको स्पष्टसँग सुनिएको छ । तसर्थ मेरो श्रीमान्ले आत्महत्या नै गर्ने किसिमले आजसम्म त्यसप्रकारको कुनै पनि अवाञ्छित कार्य गर्नुभएको मलाई आजसम्म थाहा छैन ।’ उनले प्रधानमन्त्री समक्ष पेस गरेको निवेदनमा भनिएको छ ।
यो घटनामा सत्यतथ्य छानबिन गरेर दोषीमाथि कानुन बमोजिम कारबाही गरिदिन भन्दै उनले निवेदन दिएकी हुन् ।
श्रीमान्को उक्त शौचालयको तस्बिर र भिडियो हेर्दा कुनै पनि किसिमले आत्महत्या नभई कुनै आपराधिक गिरोहको कर्तव्यबाट हत्या गरी शौचालयमा झुन्डिएको कृत्रिम बहाना गरिएको प्रष्ट देखिएको उनको दाबी छ ।
उनीहरूमाथि नेपाली दूतावासमार्फत अनुसन्धानको दायरमा ल्याउन समेत उनको माग छ ।
कामदारहरुको समस्या समाधान गर्न मलेसिया गएका श्रीमानको आत्महत्या नभई कर्तव्यबाट ज्यान गुमाएको उनको दाबी छ ।
मलेसियाको स्थानीय एजेन्ट एमएस योह नाम गरेको महिलाले मेनपावरको लागि भिसा उपलब्ध गराइदिने सर्तमा आफ्नो श्रीमानबाट ३० लाख रुपैयाँ लिएको उनको भनाई छ । इन्द्रसुबाका अनुसार उक्त रकम लिएर काम नगरेको, काम नगर्ने हो भने रकम फिर्ता गर भन्दा फिर्ता पनि नगरेकोले यस अघि पनि राई हिसाब मिलाउन मलेसिया गएका थिए । त्यो बेला के कस्तो सहमति भयो भन्ने विषयमा आफूलाई जानकारी नभएको उनको भनाई छ । तर, उक्त रकम अहिलेसम्म फिर्ता नगरेको उनले बताएन् ।
निवेदन दिएपछि प्रधानमन्त्रीको सचिवालयले परराष्ट्र मन्त्रालयलाई छानबिन गर्न भन्दै पत्राचार गरेको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरेर निवेदन आएको भन्दै यस विषयमा छानबिनको दायरमा ल्याई दोषीमाथि कारबाही गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : घरेलु मैदानमा पाकिस्तानलाई बलियो न्युजिल्यान्डको चुनौती
-
दलगत स्वार्थ त्यागेर देश निर्माण अभियानमा होमिन आवश्यक छ : प्रदेश प्रमुख देवकोटा
-
आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न जरुरी छ: मुख्यमन्त्री आचार्य
-
‘लाज शरणम्’को ट्रेलर रिलिज स्थगित
-
कैलालीमा पानीमा डुबेर एक वालकको मृत्यु
-
प्रजातन्त्रकै जगमा गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो : अध्यक्ष नेपाल