क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी वैशाख १० हुन लागेको उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले एक वक्तव्य जारी गर्दै तनहुँको क्षेत्र नं. १, चितवनको क्षेत्र नं. २ तथा बाराको क्षेत्र नं. २ मा हुने भनिएका उपनिर्वाचन बहिष्कार गर्ने बताएका हुन् ।
पार्टीले वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा सङ्घीय जनगणतन्त्र नेपाल स्थापनाको लागि अगाडि बढ्न अपिल समेत गरेको छ । ‘हाम्रो पार्टीले प्रतिक्रियावादी सत्ता अन्तर्गत हुने सबै तहका निर्वाचनलाई कार्यनीतिको प्रश्न मान्दछ र यही मान्यता अनुसार कहिले हामीले निर्वाचनको उपयोग त कहिले बहिष्कार गर्दै आएका छौँ । यही नीति अनुसार गत स्थानीय निर्वाचन सहित प्रादेशिक तथा सङ्घीय निर्वाचन हामीले बहिष्कार गरेका थियौँ । हाम्रो यो नीति अहिले पनि कायम छ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता महाधिवेशनका लागि एनआरएनए सदस्यता नवीकरणको म्याद एक साता थप
-
नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग छः पूर्वप्रधानमन्त्री देउवा
-
सुरेश रजकको शरीरमा गोली भेटिएको भन्दै भ्रम फैलाइयोः नेपाली प्रहरी
-
राजा फर्काउने अभियानले एकै मिनेटमा गलत बाटो लिएपछि...
-
रास्वपा गणतन्त्रवादी हो, यसमा शङ्का नगरियोस् : सन्तोष परियार
-
धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति