विषयगत समितिका लागि मंगलबारसम्म साँझसम्म सदस्यको नाम पठाइने
काठमाडौँ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुङ्गो लगाउने निर्णय गरेको छ । सोमवार संसद् भवनमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसहितको बैठकले अबको एक, दुई दिन भित्र नै विषयगत समितिहरूको टुङ्गो लगाउने सहमति भएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको आजको बैठकले प्रतिनिधि सभाको बैठकको कार्यसूचीको विषयमा छलफल गरेको बताए । उनले नयाँ संसद्पछि हालसम्म २० वटा बैठक बसिसकेपनि विषयगत समिति बन्न नसकेकाले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको जानकारी दिए । उनले भने, ‘कार्य व्यवस्था परामर्श समितिको बैठक सम्पन्न गरेका छौँ । बैठकमा आजको कार्यसूचीको विषयमा छलफल भयो । विषयगत समितिहरू आजको बैठकसम्म २१ वटा संसद्को बैठक बसेको छ । तर पनि हामीले ९१ दिनभित्र विषयगत समितिजस्तो महत्त्वपूर्ण समिति आजसम्म निर्माण गर्न सकेका छैनौँ, हामीले गम्भीरतापूर्वक लिएका छौँ ।’
मंगलबार बेलुकासम्म १० वटा विषयगत समितिहरूमा सबै दलहरूले आ–आफ्नो आफ्नो दलबाट ती विषयगत समितिमा प्राप्त गर्ने सङ्ख्याका आधारमा सहभागिता गराउने गरी संसद् सचिवालयलाई नाम उपलब्ध गराउने सहमति भएको उनको भनाई छ । ‘भोलि बेलुकासम्म हामी हाम्रो दलको तर्फबाट नाम पठाउनेछौँ । अबको एक दुई दिनभित्र विषयगत समिति बनाउने कुरा करिब टुङ्गो लागेको छ । संयुक्त सदनको नियमावलीको विषय पनि छ । त्यसलाई संशोधन गर्नुपर्ने विषय छ । त्यसको आधारमा संसदीय सुनुवाइ समिति बनाउनुपर्नेछ । समिति बनाउन संयुक्त नियमावलीलाई संशोधन गर्ने र त्यो प्रक्रियालाई तत्काल आरम्भ गर्ने, हामीले यही संसद्मा संशोधन गरी समिति बनाएर अर्को संसद्मा पठाउने र त्यहाँबाट पनि पास भएपछि प्रक्रिया अघि बढाएर संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त सम्बन्धीको समिति रहेको छ ।’
संसदीय सुनुवाइ समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धी विभिन्न निकाय प्रधनन्यायधीशकै नियुक्तिको प्रक्रियालाई पनि असहज बनेको छ । सचेतक बर्तौलाले संसदीय सुनुवाइ समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धीका विषय र प्रधानन्यायाधीश नियुक्ति टुङ्गो लाग्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन