एयर इन्डियाका चालक दलका सदस्यसँग झगडा गर्न थाले यात्री, लन्डन जाँदै गरेको विमान दिल्ली फर्कियो

एयर इन्डियाको अर्को एउटा विमानमा यात्रुको दुर्व्यवहारको खबर बाहिर आएको छ । समाचार एजेन्सी एएनआईले एयर इन्डियालाई उद्धृत गर्दै दिल्लीबाट लन्डनका लागि उडान भरेको केही समयपछि फर्किनुपर्ने बताएको छ ।
एएनआईले अधिकारीहरूलाई उद्धृत गर्दै यात्रुले चालक दलका सदस्यहरूसँग झगडा गर्न थालेको बताएको छ ।
अधिकारीका अनुसार यात्रुलाई उनको व्यवहारबारे चेतावनी पनि दिइएको थियो तर उनले सुनेनन् । एएनआईले अधिकारीहरूलाई उद्धृत गर्दै यात्रुले क्याबिन क्रुका दुई सदस्यहरूलाई शारीरिक चोट पनि पुर्याएको जानकारी दिएको छ ।
यसै कारण विमान दिल्ली एयरपोर्ट फर्किनु परेको थियो । एयर इन्डियाका अधिकारीहरूलाई उद्धृत गर्दै यस विषयमा दिल्ली एयरपोर्ट पुलिसमा उजुरी दर्ता गरिएको बताइएको छ ।
यात्रुको थप विवरण भने आइसकेको छैन । यसअघि पनि एयर इन्डियामा यात्रुसँग दुर्व्यवहारको गुनासो आएको थियो । केही दिन अघि एक यात्रुले सहयात्रीमा पिसाब फेरिदिएका थिए । यो विषय निरन्तर चर्चामा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
लेबननको सान्त्वना जित, दोस्रो खेलमा बलियो म्यानमारसँग भिड्दै नेपाल
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल